काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (आइतबार) बस्दै छ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बैठक बस्न लागेको हो ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले दिउँसो २ बजेका लागि केन्द्रीय सचिवालयको बैठक बोलाइएको जानकारी आएको तर बैठकका एजेन्डाबारे कुनै जानकारी नरहेको बताए ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दिउँसो २ बजे राखिएको जनाएको छ । बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलता लगायतका विषयमा छलफल हुन सक्ने नेताहरूले बताएका छन् ।









