नवलपुर । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। नवलपुरमा सम्पन्न अधिवेशनले ईन्द्रप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा इतराज गुरुङ, महिला उपाध्यक्षमा रन्जिता शर्मा, महासचिवमा आश गुरुङ तथा कोषाध्यक्षमा मदन तिमल्सिना चयन भएका छन्।
सचिवहरूमा गौरव त्रिपाठी, गोपाल जीटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र दिलबहादुर बिक निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष पौडेलले पत्रकारिताको हित र चौतारीको सशक्तीकरणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनले प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको हकहित प्रवर्द्धन तथा संगठनलाई अझ मजबुत बनाउन विभिन्न रणनीतिक योजनाहरू अघि बढाउने निर्णय गरेको छ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभागका प्रमुख राजेन्द्र गौतम, एमालेका केन्द्रिय सदस्य तिलक महत, एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, एमाले गण्डकी प्रदेशका सचीव धन्नजय दवाडी, प्रेस चौतारीका केन्द्रिय नेताहरूलगायतको उपस्थिति रहेको थियो।









