आइतबार,
कार्तिक२२,
२०८३
|
Sunday, November 8, 2026
सुनको मूल्य घट्यो
५ फाल्गुन २०८१, आईतवार ११:४२
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) २७ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।