
काठमाडौं । अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् ।
अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी सरस्वती खड्का र ईश्वरी खड्काको शव ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जङ्गलमा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए ।
बाख्रा हेर्न जङ्गल गएका दुई किशोरी घर नफर्किएपछि उनीहरूको खोजी सुरु भएको थियो । खोजीका क्रममा उनीहरूको शव फेला परेको हो ।
ईश्वरी र सरस्वती शुक्रबार बिहान खाना खाएर गाईबाख्रा चराउन जंगल गएका थिए । शुक्रबार घर नफर्किएपछि आफन्त र गाउँलेले खोजी सुरु गरेका थिए । खोजीको क्रममा उनीहरु भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेको भनेर शनिबार बेलुकी ६ः४० बजे प्रहरीलाई खबर प्राप्त भएको प्रहरी निरीक्षक देउवाले बताए ।
थप अनुसन्धानका लागि डिएसपी ईश्वरी प्रसाद भण्डारी नेतृत्वको टोली घटनास्थल गएको छ ।