संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने मन्त्रीपरिषदको निर्णय

काठमाडौँ । सोमबार  बसेको मन्त्रिपरिषद्‍ बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ।

बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय पनि गरेको कानुनमन्त्री अजयकुमार चौरसियाले जानकारी दिए।

वर्षे अधिवेशन गत भदौ ३१ गते सकिएको थियो। यसअघि अधिवेशन बोलाउन प्रतिपक्ष दलले माग गर्दै आएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको