रवि लामिछानेको अनुसन्धान सकेर चितवन प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायो

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत अपचलनमा चितवन प्रहरीले रवि लामिछाने, छविलाल जोशीलगायत १४ जनाविरुद्ध अनुसन्धान पूरा गरेर शुक्रबार जिल्ला न्यायाधिवक्ता ९सरकारी वकिल०को कार्यालयमा प्रतिवेदन बुझाएको छ । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।

सरकारी वकिलको कार्यालयको थप अनुसन्धान गर्नु भन्ने निर्देशनबमोजिम प्रहरीले पूरक अनुसन्धान गरेको हो । प्रहरी कार्यालयबाट पूरक प्रतिवेदन आइसकेको र अध्ययन बाँकी नै रहेको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले बताए ।

चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० ज्ञानकुमार महतोले थप १४ जनालाई प्रतिवादी बनाउन राय पठाएको बताए । ‘पूरक प्रतिवेदनमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाललगायत १४ जनालाई प्रतिवादी बनाउनु पर्ने राय छ । त्यसैगरी सहकारीको रकम गएको सातवटा कम्पनीलाई पनि मुद्दा चलाउनु पर्ने देखिएको छ । सरकारी वकिलको कार्यालयले यसमा अध्ययन गरेर त्यहीअनुरुपको माग दाबीसहित अदालतमा मुद्दा जानेछ,’ डीएसपी महतोले भने ।

 

साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत रकम हिनामिना भएको भनेर २०८० असोज ९ मा चितवन प्रहरीमा जाहेरी परेको थियो । लगभग एक वर्ष लगाएर चितवन प्रहरीले गरेको अनुसन्धानको आधारमा गत असोज ८ गते १७ जना विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । साथै मुद्दा दायर गर्दा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम गएको देखिएको गोर्खा मिडियाको थप अनुसन्धान गर्न पनि प्रहरीलाई निर्देशन दिएको थियो । प्रहरीले यस विषयमा बल्ल अनुसन्धान पूरा गरेको हो ।

मंसिर ५ मा साहारा चितवनका २४ जना बचतकर्ताहरुले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै लामिछानेसहित थप १० विरुद्ध पूरक उजुरी दिएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको