भोलि एमालेको जागरण सभा

काठमाडौं । सत्तारुढ नेकपा एमालेले भोलि काठमाडौंमा जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्दैछ । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

बुधबार अपरान्ह सम्पादहरूसँग समसामयिक राजनीतिक विषयमा गरिएको अन्तरक्रियामा उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्ध जागरण अभियान भएको बताए । देश बन्दैछ, हामी बनाउँछौं भन्ने सन्देश जनतालाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएको उनको भनाइ छ ।

‘हामीले सामाजिक सद्भावका लागि पनि जागरण अभियान चलाउन लागेका हौँ । यो अपील जनतामा लैजान खोजेको हो,’ उनले भने, ‘अहिलेको सरकारले जनतलाई सेवा दिने कुरामा कमजोरी गर्नुहुन्न । तर, अहिले केही भएको छैन भनेर बाहिर जे भाष्य निर्माण गर्न खोजिएको छ त्यसले देशको मनोवल कमजोर बनाउने प्रयास भएको छ । राष्ट्रको मनोबल कमजोर हुनु भनेको राजनीतिक दलमात्रै होइन सञ्चार क्षेत्र पनि कमजोर बन्नु हो ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको