काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बन्नु भएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उहाँलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ ।
प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको जानकारी दिनुभयो । बजगाईंका अनुसार प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहनु भएको छ ।