आइसीसी लिग-२: स्कटल्याण्डमाथि नेपालको ५ विकेटको जित

काठमाडौं । नेपालले स्कटल्याण्डमाथि जित हासिल गरेको छ । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डमाथि ५ विकेटको जित हासिल गरेको हो ।

स्कटल्याण्डले दिएको १५५ रनको लक्ष्य पछाएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।नेपालको जितमा आरिफ सेखले अर्धशतकीय पारी खेलेका थिए भने गुलशन झाले २५ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २५, आसिफ सेखले २१ र अनिल शाहले १३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ४१.४ ओभरमा अल आउट हुदै १५४ रन बनाएको थियो । स्कटल्याण्डका लागि मार्क वाटले सर्बाधिक ३४ रन बनाएका थिए । त्यस्तै नेपालका बलर सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने करण केसी, सोमपाल कामी र गुलशन झाले २-२ विकेट लिए भने आरिफ सेखले एक विकेट लिएका थिए ।

खेलमा अर्धशतकीय पारी खेलेका आरिफ सेख खेलको प्लेयर अफ द म्याच बनेका थिए । लिग-२ मा नेपालले ७ हारपछि दोस्रो जित हासिल गरेको छ । योजितपछि नेपालको १० खेलमा ५ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको ९ खेलमा ११ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

अब सिरिजमा नेपालले आगामी शनिबार अमेरिकासँग खेल्ने तालिका छ भने सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको