
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जिय संज्ञा दिई अपमान गर्ने अभिव्यक्ति दिनु दु:खद- महासचिव रुबिना शर्माम कि अध्यक्ष सीता सापकोटाले आइतबार एक कार्यक्रममा दिएको अभिव्यक्ति प्रती गम्भीर ध्यानाकर्षण भएको बताईएको छ ।
प्रवासी नेपाली मंञ्च बेल्जियमले २८ अक्टोबर २०२४, आइतबार गरेको कार्यक्रममा संघको अध्यक्ष समेत रहेकी सापकोटाले आफ्नो मन्तव्यका क्रममा निर्वाचित कार्य समितिलाई “भेडा बाख्रा” संज्ञा दिई अपमान गर्ने अभिव्यक्ति दिनु दुखद र लज्जास्पद भएको भन्दै सो भनाइको भत्सर्ना गरिएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियम कि महासचिव रुबिना शर्माले एक बिज्ञप्ती जारी गर्दै संघको नवौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई “भेडाबाख्रा”को संज्ञा दिनु लज्जास्पद भएको बताउनु भएको छ ।
बिज्ञप्तीमा भनिएको छ- निर्वाचित पदाधिकारी, कार्यसमिति, तत्कालीन निर्वाचन समिति, अधिवेशन प्रतिनिधि तथा बन्द सत्रको निर्णयको समेत अबहेलना हुनेगरि अध्यक्षले दिएको भनाइ प्रती भत्सर्ना गर्दछौं ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको नवौं अधिवेशनले पदाधिकारी सहित ३८ जना सर्वसम्मत निर्वाचित गरेको थियो भने अध्यक्षमा मात्रै निर्वाचन भएको थियो ।
अध्यक्ष सापकोटाको भनाइ प्रति दुख व्यक्त गर्दै बिज्ञप्तीमा समग्र एनआरएनए बेल्जियम, अग्रज, निर्वाचन समिति, सम्पुर्ण कार्यसमिति र नेपाली समुदायमा परेको चोटको क्षमा याचना समेत गरिएको छ ।