काठमाडौँमा माओवादी केन्द्रको खबरदारी जुलुस सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस सुरु भएको हो ।

सुनधाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको