चितवनमा भोलि जिल्ला–स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

चितवन ।  चितवनमा भोलि जिल्ला–स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । विजयादशमी तथा दिपावलीको अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तरगत राष्ट्रिय युवा परिषद् चितवनको आयोजनामा भरतपुर जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो ।

युवाहरूमा शारीरिक तन्दुरुस्ती र सक्रिय जीवनशैलीलाई प्रोत्साहन, प्रवद्र्धन गन र जिल्लामा रहेका खेलाडीहरुको पहिचान गरी खेलाडीको क्षमता अभिवृद्धि गर्न प्रतियोगिता गर्न लागेको राष्ट्रिय युवा परिषद चितवनका अध्यक्ष अस्मिन घिमिरेले बताउँनुभयो। प्रतियोगितामा सहभागिता जनाउन खेलाडीले दुई हजार दस्तुर तिरेर नाम दर्ता गरिएको घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ३२ टिमको सहभागीता रहने छ ।

ब्याडमिन्टन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोले क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार पाउँनेछ्न । प्रतियोगिताको सेन्ट्रल कलेज मुख्य प्रायोजक रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको