दुर दराजका जनतालाई सेवा दिदैं हाइवे जनता केयर हस्पिटल, अब मुग्लिनमा

चितवन । हाइवे जनता केयर हस्पिटलको दोस्रो शाखा मुग्लिनमा संचालनमा आएको छ । यसअघि पश्चिम चितवनको चनौली र इच्छाकामनाको कुरिनटारबाट पनि क्लिनिक सेवा दिदै आएको थियो ।  यहिँ भाद्र २ गतेदेखि मुग्लिनबाट पनि हाइवे जनता केयर हस्पिटलले सेवा दिन थालेको हो ।

पश्चिम चितवनको चनौलीमा रहेको हाइवे जनता केयर हस्पिटल

 

हस्पिटलमा २४ सै घण्टा डाक्टरसहितको गुणस्तरीय इमेर्जेन्सी सेवा, फार्मेसी, भिडियो एक्स-रे, एक्स-रे, ल्याब,इसिजी, एम्बुलेन्स, नेबुलाइजर तथा अक्सिजन लगायतका सेवाहरु पाउँन सकिने हस्पिटलका संचालक राजन त्रिपाठीले जानकारी दिए । उनले हाइवेमा हुने दुर्घटना तथा इच्छाकामना साथै गोरखा, धादिङ र तँनहुका आम मानिसहरु सामान्य उपचारको लागि भरतपुर जानुपर्ने बाध्यता हटाउन पनि मुग्लिनमा हस्पिटल संचालनमा ल्याएको बताए ।

इच्छाकामनाको कुरिनटारमा रहेको क्लिनिक

संचालक त्रिपाठीका अनुसार हस्पिटलमा हरेक हप्ता विभिन्न विशेषज्ञ डाक्टरसहितको ओपिडि सेवा समेत संचालनमा रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको