प्रेस चौतारी चितवनको पत्रकार कल्याणकारी कोषमा न्यौपानेद्वारा १५ हजार सहयोग

चितवन । प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा प्रेस चौतारी चितवनका सदस्य सञ्जिव न्यौपानेले १५ हजार रुपैयाँ सहयोग गरेका छन् । गत असोज १२ गते परेको जन्मदिनको अवसर पारेर न्यौपानेले पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनले पत्रकारहरुको भलाईका लागि स्थापना गरेको कोषमा सो रकम सहयोग गरेका हुन् ।

न्यौपानेले चौतारी चितवनले समस्यामा पर्न सक्ने पत्रकारलाई सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरेकोले आफ्नो तर्फबाट सानो भए पनि सहभागिता जनाएको बताए । पत्रकारहरूको पेशागत हकहित, पत्रकारिता क्षेत्रको विकासमा टेवा पु¥याउन तथा संस्थागत उन्नयनमा कल्याणकारी कोषले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले न्यौपानेले गरेको आर्थिक सहयोगले संगठनको उद्देश्य प्राप्तिमा थप हौसला मिलेको भन्दै सन्देशका हिसाबले महत्वपूर्ण भएको बताए । चौतारी चितवनका अध्यक्ष पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरूलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रूपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे बापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर उक्त कोष स्थापना गरिएको हो । गत बर्षबाट स्थापना गरिएको कोषमा हालसम्म १ लाख ४० हजार रकम संकलन भैसकेको छ । कोषलाई न्यूनत्तम २ लाख रुपैयाँ यो बर्ष भित्र नै पु¥याउने लक्ष्य राखेको पण्डितले बताए । प्रेस चौतारी चितवन पेशागत श्रमजीवि पत्रकारहरुको सबैभन्दा ठूलो संगठन हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको