दशैंका लागि आजदेखि सुकिला नोट साट्न सकिने

काठमाडौं । दशैंका लागि साना दरका नोट आजदेखि साट्न सकिने भएको छ । राष्ट्र बैंकका अनुसार दशैंका लागि असोज २२ गतेसम्म साना दरका नोट साट्न सकिने छ । सर्वसाधारणहरूले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू(विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी)बाट सुकिला नोट सटही गर्न सक्नेछन् ।

विगतका वर्षहरूमा जस्तो राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै भने नसाट्न भएको छ । त्यसैले यस वर्ष सफा र सुकिला नोट मात्रै दशैंका लागि साट्ने व्यवस्था गरिएको हो ।​

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको