भरतपुर महानगरले पुङ्गी खोला मिचेर बनाइएको लायन्स क्लबको भवनमा चल्यो डोजर

चितवन । चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ ।

नारायणगढको लायन्सचोकमा पुङ्गी खोला किनारको सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवनमा महानगरले बुधबार बिहान डोजर चलाएको छ । अतिक्रमित संरचना भत्काउन मेयर रेनु दाहाल आफैं फिल्डमा पुगेकी छन् ।

भरतपुर महानगरका अनुसार १८८.९४ वर्गफिटमा बनाइएको लायन्स क्लबको भवनको नक्सापास नै थिएन । क्लबसँग तीन धुर जग्गा मात्र भएको लालपूर्जा थियो ।

महानगरपालिकाले २०८० वैशाख २१ गते नै पुङ्गी खोला करिडोर नापजाँच गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै गत साउत १२ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको