लिग-२ त्रिकोणात्मक सिरिज: ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अन्तिम खेल खेल्दैछ।क्यानडामा भएको लिग-२को अन्तिम खेल नेपालले ओमानसँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८:४५ बजे खेल सुरू हुनेछ।

नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको छ। घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल पराजित भएको छ। यसअर्थ आजको खेल नेपालका लागि महत्त्वपूर्ण हुनेछ। ओमानसँगको पहिलो खेलमा नेपाल एक विकेटले पराजित भएको थियो।

विश्वकप लिग-२ मा नेपालले कुल ७ खेल खेलिसकेको छ। त्यसमध्ये नेपालले एउटा मात्रै जित निकालेको छ। गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको