अनेरास्ववियु सप्तगण्डकी क्याम्पसद्वारा संविधान दिवसको अवसरमा झण्डातोलन

चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा क्याम्पस परिसरमा नेपालको राष्ट्रिय झण्डातोलन गरेको छ । आज क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी झण्डातोलन गरिएको हो । साथै संगठनको नयाँ व्यानर समेत राखिएको छ ।

क्याम्पस कमिटीको अध्यक्ष प्रकाश सिल्वालको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु बाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य प्रशान्त सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी अनेरास्ववियु जिल्ला कमिटी सहसचिव प्रदिप पराजुली, जिल्ला कमिटी सदस्य तथा क्याम्पसका निवर्तमान अध्यक्ष महेश सापकोटा, अनेरास्ववियु भरतपुर महानगर कमिटी सदस्य रोशन थापालगायत क्यापस कमिटी सदस्यहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्याम्पस कमिटी अध्यक्ष प्रकाश सिल्वालले नेपालको संविधान २०७२ उत्कृष्ट संविधान भएको बताए । अहिले संविधान कार्यन्वयनको चरणमा रहेको छ, उनले भने। हामीले संविधान दिवस मनाइ रहदा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको योग्दानलाई सम्झिनु पर्ने बताए । कार्यक्रम क्याम्पस कमिटी सचिव समीर अधिकारीले संचालन गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको