अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पसको अध्यक्षमा सिल्वाल

चितवन । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी बहुमुखी क्याम्पसको अध्यक्षमा प्रकाश सिल्वाल सर्वसम्मत चयन भएका छ्न । आज भएको २५ औं क्याम्पस कमिटी अधिवेशनले सिल्वालको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरेको हो ।

 

कमिटीको उपाध्यक्षमा दिलिप पराजुली, सचिवमा समीर अधिकारी, सहसचिवमा ऋषि रानाभाट, कशिष जोशी, निशान धमला र कोषाध्यक्षमा शिशिर अर्याल चयन भएका छ्न ।

बन्द सत्रमा अनेरास्ववियुका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अमित गुप्ताको नेतृत्वमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । सो अध्यक्ष मण्डलले नै सर्वसम्मतरुपमा नयाँ कमिटी घोषणा गरेको हो ।

अधिवेशनको उद्घाटन सत्रमा अनेरास्ववियुको केन्द्रिय महासचिव नरेश रोकायाले अधिवेशनको उद्घाटन  गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, अनेरास्ववियु केन्द्रिय सचिव तथा प्रवक्ता प्रकाश पौडेल र एमाले चितवनका अध्यक्ष कमल पाठकले मन्तव्य राख्नुभएको थियो ।

अधिवेशनमा अनेरास्ववियु क्याम्पसका पुर्वअध्यक्षहरुलाई र विद्यावारिदी गरेका प्राध्यापकलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय विपद व्यवस्थापन विभागका सदस्य ऋषिकेश रेग्मी, एमाले बाग्मती प्रदेश कमिटी सदस्य अश्विन घिमिरे, एमाले चितवन जिल्ला कमिटी सदस्यहरु अनोज जोशी, प्रकाश आचार्य, प्रकाश भट्ट, शुसिल केसि, अनेरास्ववियुका विभिन्न तहका नेता, क्याम्पसका क्याम्पस प्रमुख खिम दाहाल, प्राध्यापक तथा विद्यार्थीको उपस्थिति रहेको थियो । अधिवेशनको उद्घाटन सत्र निबर्तमान अध्यक्ष महेश सापकोटाको अध्यक्षताा भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको