चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीले आयोजना गरेको प्रथम अखिल एसएमसी फुटसल प्रतियोगिता सम्पन्न भएको छ । आज शरदपुर फुटसल मैदानमा प्रतियोगिता सम्पन्न भएको हो ।
फुटसलको उपाधि सप्तगण्डकी बहुमुखी क्याम्पसको ए टिमले जितेको छ। खेलमा ३० टिम सहभागी भएका थिए ।
सेमिफाइनल खेलमा सप्तगण्डकी बहुमुखी क्याम्पसको ए टिमले सप्तगण्डकी क्याम्पस कै सि टिमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भने उपविजेता भएको स्टेप वाई स्टेपले सप्तगण्डकी क्याम्पसको बि टिमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष महेश सापकोटाले जानकारी दिए ।
उपाधिको लागि सप्तगण्डकी बहुमुखी क्याम्पसको ए टिम र स्टेप वाई स्टेपका बि टिम भिडेका थिए जस्मा ५-१ को अन्तरले पराजित गर्दै सप्तगण्डकीले उपाधि जितेको हो ।
प्रतियोगितामा प्रथम हुने सप्तगण्डकी ए टिमले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने दोस्रो हुने स्टेप वाई स्टेपको बि टिमले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उद्घाटन सत्र अनेरास्ववियु सप्तगण्डकी क्याम्पसका अध्यक्ष महेश सापकोटाको अध्यक्षतामा भएको थियो । प्रतियोगिताको उद्घाटन अनेरास्ववियुका केन्द्रीय सचीव तथा प्रवक्ता प्रकाश पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पस संचालक समितिका सदस्य ऋषिकेश रेग्मी, एमाले बाग्मती प्रदेश कमिटी सदस्य अश्विन घिमिरे, एमाले चितवन जिल्ला कमिटी सदस्यहरु अनोज जोशी, प्रकाश आचार्य र सुशील केसि, अनेरास्ववियु बाग्मती प्रदेश कमिटीका सचीव प्रकाश कालाखेती, अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्य, नेपाल पत्रकार महासंघका चितवनका सचीव दिपेन्द्र अधिकारी, क्याम्पसका प्राध्यापक, अनेरास्ववियुका विभिन्न तहका नेता र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।