दसैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट दसैँका लागि सुकिला नोट साट्न पाइने भएको छ । सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म यही १३ असोजदेखि सुकिला नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको हो ।

यसपटक दसैँमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो ।

नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको