काँग्रेस चितवनले बिपी जयन्तीमा १७१ जनालाई सम्मान गर्ने

चितवन । नेपाली काँग्रेस चितवनले पार्टीमा बिशेष योगदान पु¥याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । १११ औं बिपी जयन्तीका अबसरमा पार्टीमा उनीहरुलाई सम्मान गर्न लागिएको हो । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली काँग्रेस चितवनका पूर्ब सभापति एबं गण्डकी प्रदेशका पूर्ब प्रदेश प्रमुख पृथ्वीमान गुरुङ् सहित ६ जनालाई बिशिष्ट सम्मान गर्न लागिएको हो । बागमती प्रदेशका पूर्ब मन्त्री बलराम पौडेल सहित ४१ जनालाई मरणोप्रान्त र जिल्लाका ९८ वटा वडाबाट सिफारीस भई आएका १२५ जनालाई सम्मान गर्न लागिएको खनालले जानकारी दिनुभयो । पार्टीका महामन्त्री गगन कुमार थापा र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा बिपी कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा सम्मान कार्यक्रम गर्न लागिएको हो ।

यस अघि नेपाली काँग्रेस चितवनले गत वर्ष बिपी जयन्तीमा काँग्रेस नेता डा. शेखर कोइरालाको उपस्थितिमा ९० जना र अघिल्लो बर्ष बिपी जयन्तीकै दिन पार्टी सभापति शेरवहादुर देउवाको उपस्थितिमा १८३ जनालाई सम्मान गरेको थियो । खनालले भन्नुभयो “पार्टीमा बिशिष्ठ योगदान पु¥याएकाहरुलाई सम्मान गरेर उहाँहरुमा उर्जा थप्ने काम गरेका छौं ।” आफ्नो जीवन भर पार्टी र देशका लागि योगदान पु¥याएकाहरुलाई मरणोप्रान्त सम्मान गरेको उहाँको भनाई छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको