सहकारी ठगी प्रकरण: रवि लामिछानेसहित ३ जनासँग प्रहरीले लियो बयान

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मा सहितको टोलीले काठमाडौं आएर पूर्वगृहमन्त्री तथा सांसद लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको हो ।

‘लामिछानेको समेत नाम उल्लेख गरेर पूरक जाहेरी परेपछि त्यसबारे सोधपुछ गरिएको हो’ प्रहरी उच्च स्रोतले  भन्यो, ‘बयान भन्दा पनि यो प्रारम्भिक सोधपुछ हो ।’ स्रोतका अनुसार उनीहरुको बयान लिएको एक हप्ता भइसकेको छ ।

सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि १६ माघ २०८० मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए । तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरुको संलग्नता अस्वीकार गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको