पत्रकार महासंघको सबै तहको निर्वाचन असोज ५ गते गर्न पत्राचार

काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले असोज ५ गते महासंघको  निर्वाचन  सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरेका छन् ।

त्यो दिन केन्द्र, प्रदेश र जिल्ला सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको अध्यक्ष पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पोखरेलले घोषित मितिमा निर्वाचन हुन नसक्नु अध्यक्षका नाताले नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् । यसअघि असार २२ गते निर्वाचन मिति तय भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको