चितवन । चितवनको दक्षिणी भेग माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज विहान ९ बजेको समयमा माडी नगरपालिका–१ शिकारीपुर चट्याङ लागेर वर्ष ५० की सरस्वती महतोको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
आफ्नै गोठमा भैसीलाई कुडो हाल्न जाँदा एक्कासी चट्याङ लागेर महतो घाइते भएकी थिइन् । लगत्तै उपचारका लागि माडीस्थित बघौडा अस्पताल लैजादा उपचारको क्रममा १०ः५० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमक लागि भरतपुर अस्पतालको शवगृहमा ल्याईदैछ ।