एमाले भरतपुर-११ को अध्यक्षमा कार्की र सचिवमा आचार्य

चितवन ।  नेकपा (एमाले) भरतपुर महानगरपालिका-११ को अध्यक्षमा गोकर्ण कार्की निर्वाचित हुनुभएको छ । आज (शनिवार) सम्पन्न २३ औं वडा अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षमा खेम सुवेदी,सचिवमा हरी आचार्य,सहसचिवमा बिष्णुमाया पोखरेल र सिता बास्तोला निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष इश्वरी पण्डितले जानकारी दिनुभयो । अधिवेशनको पार्टी पोलिटव्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको