चितवन । कालिका नगरपालिकाले नगर क्षेत्रका प्रत्येक वडा सम्पर्क व्यक्ति, नगर सहजकर्ता र नगर सम्पर्क व्यक्तिहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रम आजदेखि सुरु गरेको छ । नगरपालिका आफ्नो नगरलाई २०८३ साल असोज मसान्त भित्र बालमैत्री नगर घोषणा गर्ने तयारीमा छ । त्यसै अन्तर्गत नगरपालिकाले नगर क्षेत्रका प्रत्येक वडा सम्पर्क व्यक्ति, नगर सहजकर्ता र नगर सम्पर्क व्यक्तिहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रम गरेको हो । ४ दिन सम्म चल्ने प्रशिक्षणको नगर प्रमुख विनोद रेग्मीले उद्घाटन गर्नुेभयो । महिला संजालको भवनमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा प्रत्येक वडा र नगरका गरी २४ जना सहभागि छन् ।
प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, सामाजिक विकास समिति संयोजक एव म वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रशिक्षण कार्यक्रममा विष्णु चौवेले सहजिकरण गरिरहनुभएको छ ।