चितवन । कालिका नगरपालिकामा आजदेखि दुईदिने प्रथम मेयर कप अन्तर जिल्ला स्तरीय डबल व्याटमिन्टन प्रतियोगिता २०८१ सुरु भएको छ । प्रतियोगिताको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी र रत्ननगरका नगर प्रमुख प्रल्हाद सापकोटाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले खेलकुद क्षेत्रलाई कालिकाले उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो । खेल क्षेत्रले युवाहरुलाई अनुशासित र मर्यादित बनाउने विश्वास आफुले लिएकाले यसलाई प्रतिस्पर्धात्मक भन्दापनि अनुशासित बनाउनेतिर लाग्ने खेलाडीहरुलाई आग्रहगर्नुभयो । निटक भविष्यमै कालिकामा नगर स्तरीय खेलकुद समिति गठन गरिने उहाँले बताउनुभयो । खेलकुद क्षेत्रका लागि विशेष बजेट राखिएको समेत उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा रत्ननगरका नगर प्रमुख प्रल्हाद सापकोटाले नेपालमा व्याडमिन्टन खेल नेपालको लोकप्रिय खेलको रुपमा विकासहुँदै गएको बताउनुभयो । युवाहरुलाई कुलतवाट जोगाउन खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिकाहुने भएकाले खेलाडी उत्पादन गरेर देशको नाम राख्ने एउटा बलियो माध्यम यो पनि हुन सक्ने स्पष्टपार्नुभयो ।
कार्यक्रममा जिल्ला व्याटमिन्टन संघका अध्यक्ष बुद्धि चौधरीले अन्तराष्ट्रिय स्तरमै व्याडमिन्टनको क्रेज बढ्दै गएको बताउनुभयो । चितवनका युवाहरुबीच पनि यो खेल लोकप्रियहुँदै गएको बताउँदै जिल्ला अध्यक्ष चौधरीले बाहिरवाट प्रशिक्षक ल्याएर तालिम दिन सके नयाँ खेलाडी उत्पादनहुने र अन्तराष्ट्रिय स्तरमै ख्याति कमाउन सकिने सम्भावना रहेको बताउनुभयो ।
कालिका कर्भडहल व्याटमिन्टन व्यवस्थापन समितिका अध्यक्ष फडिन्द्र लामिछानेको अध्यक्षतमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा समितिका सल्लाहकार संयोजक होमवहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतियोगिता अन्तर्गत दैनिक चारवाट पोलमा खेलहुँदैछ । ए पोलमा १६, पोल बी मा १६, पोल सी मा १६, पोल सी मा १६ गरी ६४ टिम प्रतियोगितामा सहभागि छन् ।