नेपाल दुर्लभ रक्त समुदायको बृहत राष्ट्रिय भेला तथा प्रथम केन्द्रीय महाधिवेशन हुने

वद्री अर्याल, चितवन । नेपाल दुर्लभ रक्तसमुदाय, चितवनको आयोजनामा असोज ३ र ४ गते दुर्लभ रक्त समुदायको  बृहत राष्ट्रिय भेला तथा प्रथम केन्द्रीय महाधिवेशन हुने भएको छ । आज  पत्रकार सम्मेलन गरी दुर्लभ रक्त समुदायको  बृहत राष्ट्रिय भेला तथा प्रथम केन्द्रीय महाधिवेशन बारे जानकारी दिएको थियो ।

संस्थाको अध्यक्ष लक्ष्मण ज्ञवाली, उपाध्यक्ष अरुण बहादुर रानाभाट र सचीव  राजमणी नेपाल उपस्थित पत्रकार सम्मेलनमा, संस्थाले विभिन्न जिल्लाका जिल्ला संयोजक र प्रतिनिधिहरुको उपस्तिथिमा असोज ३ गते नेगेटिभ रगत हुने रक्तदाता बीचमा दुर्लभ रगत र यसको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा अन्तर्कृया गर्नुका साथै रमाइलो खेल कार्यक्रम गर्ने जानकारी दिए ।  असोज ४ गते विभिन्न जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा प्रथम केन्द्रीय महाधिवेशन गर्ने संस्थाको, चितवन जिल्ला अध्यक्ष लक्ष्मण ज्ञवालीले बताए । २०५८ सालमा स्थापना भएको नेपाल दुर्लभ रक्त समुदायले हालसम्म देश भरी नै दुर्लभ रगत व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको