चितवन । चितवनको माडी नगरपालिका– ९ हनुमान झुलामा नेकपा नेकपा (एमाले) ले विशेष कमिटी गठन गरेको छ । आज बुधबार प्रथम अधिवेशन गर्दै एमालेले सर्वसम्मतबाट सन्तोष भुजलेको नेतृत्वमा १५ सदस्यी विशेष कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा राजु अधिकारी, सचिवमा तुला बहादुर सार्की, उपसचिवहरुमा लक्ष्मी सुनार र स्मृति परियार चयन भएका छन् । अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य यम बहादुर परियार, केन्द्रीय सल्लाहकार सदस्य हरि सापकोटा, जिल्ला कमिटी सदस्यहरु शिवहरि सुवेदी, ताराकुमारी काजी महत्तो, श्रीप्रसाद दवाडी, माडी नगर कमिटी अध्यक्ष नारायण अधिकारी, नगर सदस्य दिपक भण्डारी, माडी ९ वडा कमिटी अध्यक्ष मान बहादुर बिष्ट लगायतको उपस्थिति रहेको थियो ।