नयाँ सबुज गण भरतपुरबाट विपद् प्रतिकार्य जनचेतना तालिम

वद्री अर्याल,  चितवन । नयाँ सबुज गण भरतपुर व्यारेकले नेपाल राष्ट्रिय भुपु सैनिक संघसँगको सहकार्यमा भरतपुर महानगरपालिका विभिन्न वडामा विपद् प्रतिकार्य जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। महानगरका वडा नम्बर १७, १९ र २० का बासिन्दालाई समुदायमा आइपर्नसक्ने विपद्हरुबाट बच्ने उपायहरु सिकाइएको नयाँ सबुज गणका गणपति दिनेश लामाले जानकारी दिए।

प्राकृतिक तथा मानसिर्जित विपद्हरु भूकम्प, पहिरो, बाढी तथा आगलागी लगायतबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रदर्शन बिधिमार्फत सामुदायिक विपद प्रतिकार्य तालिम आयोजना गरिएको उनले बताए। ‘समुदाय वरिपरी विपद्को घडिमा आइपर्नसक्ने विविध कठिनाइ तथा चुनौतीलाई स्थानीय स्तरबाटै समाधान गर्न सकिने विभिन्न उपायमूलक जानकारी तथा विपद्सम्बन्धी अभ्यास प्रदर्शन गरिएको थियो,’ उनले भने।

नेपाल राष्ट्रिय भुपु सैनिक संघ चितवनका सभापति टंकराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गणपति लामा, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका अध्यक्ष हरिप्रसाद पौडेल, नेपाल राष्ट्रिय भुपु सैनिक संघ सारदानगर इकाईका सभापति पूर्णबहादुर गुरुङलगायतले बोलेका थिए। वडा नम्बर १९ का वडाध्यक्ष प्रकाश तामाङ, वडा नम्बर २० का वडाध्यक्ष मुक्तिप्रसाद घले, वडा नम्बर १७ का वडाध्यक्ष ललितमान तामाङलगायत सहभागी रहेको तालिममा १६५ जना सहभागी थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको