चितवन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता मुल्याङकन (लिजा) मा रत्ननगर पहिलो हुँदा कालिका नगरपालिका तेस्रो हुन सफल भएको छ । खैरहनी नगरपालिका जिल्लामै दोस्रो हुँदा विकासको हिसावले अग्रणी स्थानमा रहेको जिल्लाको एकमात्र महानगरपालिका भरतपुर भने चौथो भएको छ ।
भरतपुर महानगरपालिकालाई उछिन्दै ग्रामिण क्षेत्रमा रहेको कालिका नगरपालिका तेस्रो भएको हो । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले सबै भन्दा पछि स्थापना भएको कालिकाले भरतपुर महानगरपालिका भन्दा एक स्तर माथी हुनुलाई सकरात्मक रुपमा लिएको बताए ।
रत्ननगर र खैरहनी क्रमश: जिल्लामा प्रथम र दोस्रो हुँदा कालिकाले सुरक्षित गरेको स्थान निरासजन नरहेको उनले बताए । लिजालाई चाहिने फोहोर व्यवस्थापन लगायत अन्य काम गर्ने तयारीमा रहेको भन्दै उनले तोकिएको सुचकहरु पुरा गरी अहिलेको नतिजाले उत्साहित हुँदै आगामी आर्थिक बर्षमा पहिलो र दोस्रो हुने प्रयास गर्ने मेयर रेग्मीले बताए ।
जनप्रतिनिधिको बेमेलका कारण लथालिङ रहेको चितवनको राप्ती नगरपालिका स्थानीय तह संस्थागत क्षमता मुल्याङकनबाट बाहिरिएको छ । इच्छाकामना गाउँपालिका पाँचौ र माडी नगरपालिका छैठौ भएको छ ।
देशभरमा तेस्रो, प्रदेशमा दोस्रो र जिल्लामा पहिला भएको रत्ननगरले ९१ दशमलव ५० अंक प्रास्त गरेको छ । सो नगरपालिकाले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ७ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ७ दशमलव ७५, वित्तीय एंव आर्थिक व्यवस्थापन १० दशमलव ७५, सेवा प्रवाह १४ दशमलव २५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ११ दशमलव २५, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ७ दशमलव ७५, सहकार्य र समन्वय ६ अंक प्राप्त गरेको हो ।
प्रदेशमा तेस्रो र लिल्लामा दोस्रो भएको खैरहनीले ८९ दशमलव ७५ अंक प्राप्त गरेको छ । सो नगरपालिकाले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ६ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ९ दशमलव २५, वित्तीय एंव आर्थिक व्यवस्थापन ९ दशमलव ७५, सेवा प्रवाह १५ दशमलव ७५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ९ दशमलव २५, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ७, सहकार्य र समन्वय ६ अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।
लिजाको मुल्याङकनमा जिल्लामै तेस्रो भएको कालिकाले अंक ८५ प्राप्त गरेको छ । सो नगरपालिकाले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ६, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८ दशमलव २५, वित्तीय एंव आर्थिक व्यवस्थापन १०, सेवा प्रवाह १३ दशमलव २५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ९ दशमलव ७५, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५ दशमलव ७५, सहकार्य र समन्वय ६ अंक प्राप्त गरेको छ ।
लिजाको मुल्याङकनमा कुल ८३ दशमलव २५ अंक प्राप्त गरेको सो भरतपुर महानगरपालिकाले शासकीय प्रवन्धक ८ दशमलव २५, संगठन तथा प्रशासन ५ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८ दशमलव ५, वित्तीय एंव आर्थिक व्यवस्थापन ९ दशमलव २५, सेवा प्रवाह १३ दशमलव ७५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ११ दशमलव ५, सामाजिक समावेशीकरण ६ दशमलव २५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ८, सहकार्य र समन्वय ५ अंक पाएको छ ।
कुल ७५ दशमलव २५ अंक प्राप्त गरेको इच्छाकामना गाउँपालिकाले शासकीय प्रवन्धक ७ दशमलव ७५, संगठन तथा प्रशासन ५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८ दशमलव ५, वित्तीय एंव आर्थिक व्यवस्थापन १० दशमलव ७५, सेवा प्रवाह ११ दशमलव ५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ७ दशमलव ७५, सामाजिक समावेशीकरण ६ दशमलव ५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५ दशमलव ५, सहकार्य र समन्वय ५ अंक प्राप्त गरेका छन् ।
माडी नगरपालिका ७२ अंक प्राप्त गरी जिल्लामै छैठौं भएको हो । उसले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८, वित्तीय एंव आर्थिक व्यवस्थापन ७, सेवा प्रवाह १४, न्यायिक कार्यसम्पादन ६ दशमलव ५, भौतिक पूर्वाधार ७ दशमलव ७५, सामाजिक समावेशीकरण ५ दशमलव ७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५ दशमलव ५, सहकार्य र समन्वय १ दशमलव ५ अंक प्राप्त गरेको छ ।