क्यान्सर अस्पताल र रत्ननगर नगरपालिकाबीच क्यान्सरका बिरामीलाई २५ हजार सहायता दिने सम्झौता

चितवन । रत्ननगर नगरपालिका र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सरका बिरामीलाई २५ हजार रुपैयाँ उपचार सहायता दिने सम्बन्धी सम्झौता भएको छ। रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा र अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले आज सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा नगरपालिकाका उपप्रमुख, यादव पाठक, अस्पतालका अध्यक्ष डा. विजय न्यौपाने लगायतको उपस्थिति थियो ।

रत्ननगर नगरपालिका कार्यालयको नगरसभाबाट स्वीकृत कार्यक्रम अनुसार सो पालिकामा बसोवास गरेका विपन्न नागरिकहरूलाई क्यान्सर रोग लागेमा उक्त रोगको निदान, औषधि र उपचार सहयोग कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको हो।

सम्झौता अनुसार रत्ननगर नगरवासीलाई जुनसुकै प्रकारको क्यान्सर रोगको उपचारको लागि प्रति बिरामी बढीमा २५ हजार रूपैयाँ नगरपालिकाले उपलब्ध गराउनेछ। क्यान्सर उपचार गराइरहेका पालिकाभित्रका व्यक्तिले संघीय र प्रदेश सरकारबाट पाउने सुविधा लिइसकेपछि नगरपालिकाले सहयोग रकम उपलब्ध गराउनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको