काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनमा भुटानई टाइब्रेकरमा हराउँदै नेपाल फाइनमा पुगेको छ।
निर्धारित समयको खेल १-१ गोलको बरारबीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
एन्फा कम्प्लेक्समा भएको खेलमा पेनाल्टी सुटआउटमा नेपालले भुटानलाई ४-१ ले हराएको हो। निर्धारित समयमा भुटानका जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका थिए। भने ७८ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गरेका थिए।