टिकटक खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको एकजना मन्त्रीले जानकारी दिएका छन् ।

त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए । गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी, भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको