काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।
टिकटकले नेपालको नीति (नियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकारले प्रतिबन्ध हटाउने तयारी गरेको हो । चार दिनअगाडि टिकटकले नेपाल सरकारलाई इमेलमार्फत प्रतिवद्धता पत्र पठाएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गर्नुभएको छ । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कार्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय थियो । नेपालले टिकटक बन्द गरेपछि टिकटकले बारम्बार पत्राचार गर्दै प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको थियो ।
अन्ततः टिकटक सम्पूर्ण शर्त मान्न तयार भएसँगै वर्तमान केपी शर्मा ओलीको सरकारले प्रतिबन्ध हटाउने तयारी गरेको हो ।