चितवनमा धारामा हात धुन जाने क्रममा चिप्लिएर लडेर एक बृद्धको मृत्यु

चितवन । चितवनको भरतपुरमा हात धुन जाने क्रममा चिप्लिएर लडेर एक बृद्धको मृत्यु भएको छ । बुधबार ८ बजे भरतपुर महानगरपालिका १० स्वस्तिक चोक बस्ने ८५ बर्षिय मुक्तिनाथ सापकोटाको आफ्नै घरको धारामा हात धुन जाने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो । लडेर घाइते सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको