
चितवन । चितवनको कालिका नगरपालिकामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन । आज अपरान्ह ४ बजे कालिका नगरपालिका ६ लबडाँडा जंगलमा घाँस काट्न गएका स्थानीय ५४ बर्षीय चन्द्र प्रसाद पौडेललाई चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमणबाट घाइते पौडेलको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।