चितवन । चितवनको सौराहामा सोमबार १३औं अन्तराष्ट्रिय हात्ती दिवस मनाइएको छ । युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा सौराहाका करिब ६० वटा हात्तीलाई वनभोज र हात्ती संरक्षण सम्बन्धी बहस र छलफल गरी दिवस मनाइएको हो ।
बाघमरा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित समारोहमा सौराहामा निजी स्तरमा पालेका र निकुञ्जका हात्तीहरुलाई एकैठाउँमा राखेर वनभोजका रुपमा मिष्ठान्न भोजन गराइएको छ ।
निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सौराहामा निजी स्तरका हात्तीहरुलाई वनभोज स्वरुप मिष्ठान्न भोजन गराइएको हो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत झन्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए ।अध्यक्ष खतिवडाले हात्ती सफारीको विकल्प स्वरुप हात्तीसंग पैदलयात्र सुरु गरिएको भन्दै अझै केही समय हात्ती सफारीको विकल्प नरहेको बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहा सहित बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वनसंगको सहकार्यमा हात्ती दिवस मनाइएको हो ।