बिहिबार,
कार्तिक१९,
२०८३
|
Thursday, November 5, 2026
चितवनमा आफ्नो घरमा बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
२८ श्रावण २०८१, सोमबार ११:०४
चितवन । चितवनको माडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका ७ गौरिनगरका नवराज राईको आफ्नै घरमा बत्ती जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका राईको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।