सरकारले देखावटीका लागि मात्रै कुनै पनि काम गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले देखावटीका लागि मात्रै कुनै पनि काम नगर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरूले प्रतिगमनका लागि कांग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको आफूहरूले देखावटीका लागि मात्रै कुनै पनि काम नगर्ने बताउनुभएको हो ।

ललितपुरको च्यासलमा रहेको एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले सरकार र सत्तारूढ गठबन्धनले कुनै पनि खालको भ्रम सृजना गर्ने गरी काम नगर्ने बताउनुभयो । उहाँले संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरू देशमा क्रियाशील रहेको भन्दै एमालेले भ्रमलाई चिर्ने गरी नागरिकलाई सचेत गराउनुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस–एमालेले अझ बढी स्वीकार्यताका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सुखी नेपाली, समृद्ध नेपाल बनाउने लक्ष्यअनुसार नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको दाबी गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको