![एमाले उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ](https://www.kalikadainik.com/wp-content/uploads/2023/02/uml-leader_rqkj1lxSaA.jpg)
काठमाडौं । नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।
साउन १७ गते बसेको एमाले सचिवालय बैठकले एक उपाध्यक्ष, दुईजना स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । उपाध्यक्षमा गुरु बराल मनोनीत भएका थिए ।