सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गिने चरणमा

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक करिब टुङ्ग्याउने चरणमा पुगेको छ ।

सिंहदरबार स्थित गृह मन्त्रालयमा आज बसेको बैठकमा टीआरसी सम्बन्धी मुल विधेयक, उपसमितिले दिएका प्रतिवेदन, यस अघि छलफलका विषयहरूलाई एकै ठाउँमा ल्याएर कसरी अगाडी बढाउन सकिन्छ भन्ने ठाउँमा आईपुुगेको नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो ।

मुख्य सचेतक बर्तौलाले विधेयकमा रहेका भाषा तथा कानुनी शब्दहरू कसरी मिलाउन सकिन्छ भन्ने विषयमा आज कानुन मन्त्री, महान्यायाधिवक्ता, सचिव लगायतका पदाधिकारीहरूसँग छलफल भएको बताउनुभयो ।

आउँदो बिहीबार बिहान बैठक बसेर अहिलेसम्म गरेका र सम्बन्धित निकायसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने भन्दै उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ समितिले काम गरिरहेको नेकपा एमालेका मुख्य सचेतक बर्तौलाले बताउनुभयो ।

छलफलमा सहजीकरण कार्यदलका सदस्य एवं गृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखक, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी सहभागी हुनुहुन्थ्यो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाल पनि उपस्थित हुनुहुन्थ्यो ।

अबको दुई दिन अहिलेसम्मको सबै छलफल र आएका सुझावहरूलाई समेटेर प्रतिवेदन तयार पर्ने र बिहीबार ८ बजे बैठक बसेर त्यसलाई टुङ्ग्याउने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको