चितवनका दुई छुट्टा–छुट्टै स्थानमा शव र मानव कंकाल फेला

चितवन । भरतपुर महानगरपालिकाको दुई छुट्टा–छुट्टै स्थानमा एउटा शव र एउटा मानव कंकाल फेला परेको छ । भरतपुर–३ कमलनगरमा एक पुरुषको शव फेला परेको हो भने भरतपुर–४ स्थित नारायणी नदीको टापुमा एउटा मानव कंकाल फेला परेको प्रहरीले बताएको छ ।

शुक्रवार राति ९ः५० बजेको समयमा कमलनगरको ग्लोबल एम्पोरियम फेन्सी पसल अगाडिको पेटिमा अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उक्त शवको पहिचान खुलेको छैन । शवको पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

त्यस्तै, शुक्रवार बिहान ६ः१० बजेको समयमा नारायणी नदीको टापुमा मानवको छाला मासु नभएको र हड्डी मात्रै भएको अवस्थामा एउटा कंकाल फेला परेको प्रहरीले जनाएको छ । उक्त मानव कंकाल मुचुल्का पश्चात भरतपुर अस्पतालको शव गृहमा ल्याएर राखिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको