चितवन । चितवनको कालिका नगरपालिका वडा नं. १० सिद्धिमा कयर खोलाले बगाउदा एक जना बेपत्ता भएका छन् । कालिका वडा नं. १० सुईकरङका गम्भीर चेपाङलाई खोलाले बगाउदा बेपत्ता भएका हुन् ।
बिहीवार साँझ ६ः१५ बजेतिर खोलाले बगाएको प्रहरी चौकी जुटापानीका प्रहरी नायव निरिक्षक उज्वल सिल्वालले जानकारी दिए । सिद्धि बजारबाट घर फर्कने क्रममा उनलाई कयर खोलाले बगाएको प्रहरीले जनाएको छ ।
खोलाले बगाए लगतै कालिकाका नगर प्रमुख विनोद रेग्मी, जन प्रतिनिधि, प्रहरी चौकी जुटापानीको टोली, सिंहनाथ गणबाट खटिएको टोली, नगर प्रहरी, स्थानीयले बेपत्ता चेपाङको खोजी कार्यसुरु गरेका थिए । अहिले उनको थप खोजीकार्य भईरहेको छ ।