बागमतीमा एमाले मन्त्रीहरूकाे मन्त्रालय टुंगियाे, चितवनका सिलवाल वन तथा वातावरण मन्त्री

हेटौंडा । बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ । मंगलबार बिहान मात्रै एमालेले सरकारमा पठाउने आफ्नो सांसदको नाम टुंगो लगाएको थियो ।

एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो लगाएको छ ।

त्यस्तै सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

एमालेका मन्त्री हुनेमा श्रेष्ठ बाहेक सबै नयाँ अनुहारका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको