चितवनका कृष्ण सिलवाल बागमती प्रदेशको मन्त्री बन्ने निश्चित

चितवन । चितवनको इच्छाकामना गाउँपालिका स्थायी निवासी चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ बाट पहिलो पटक बागमती प्रदेशका सांसद बनेका कृष्ण प्रसाद सिलवाल सांसद बनेको पहिलो पटकमै मन्त्री बन्ने निश्चित भएको छ । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएसंगै सिलवाल मन्त्री बन्ने निश्चित भएको हो ।

एमालेले चितवनका सिलवाल संगै काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापामगर र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो । नाम टुंगो लागेका प्रकाश श्रेष्ठबाहेक सबै नयाँ अनुहार हुन् । प्रकाश यसअघि उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री थिए । बागमतीमा कांग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्नेछन् । निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । मुख्यमन्त्री र मन्त्रीहरू आजै नियुक्त भए पनि शपथ भने बुधबारका लागि तय गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको