चितवन । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–काठमाडौं सडक खण्ड पहिराे खसेर अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो ।
सडक दुई तर्फी खुलाउन करिब एक घण्टा लाग्ने बताइएको छ । मेशिनले पहिरो पन्छाउने काम सुरु गरेको छ ।