चितवन । स्थापना दिवसको अवसरमा नेपाल टेलिकम वर्कर्स युनियनले भरतपुरको आदर्श गृहमा भोजन खुवाएको छ । टेलिकम वर्कस युनियनको ३३ औं स्थापना दिवस र ४२ औं विपी स्मृति दिवसको अवसर पारेर केन्द्रमा रहेका असाहय बालबालिकालाई भोजनको ब्यवस्था गरेको हो । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
युनियनका अध्यक्ष सुरेश अधिकारले विगतमा पनि समाजिक सेवाको कार्यक्रम गरेको बताउँदै रचनात्मक काम गरेको बताए । ‘ हामीले मजदुरको आन्दोलन मात्रै होईन , समाजीक सेवाको कामलाई पनि प्राथमिकता दिएका हौ , ’ उनले भने , ‘ आफ्ना साथीसंगै समाज परिवर्तनको सन्देश दिन खोजेका हों । ’
काँग्रेस नेता गुरुराज घिमिरेले एकताको बलियो सुत्र समाज सेवा मात्रै भएको बताए । असाय बालबालिकालाई भोजन गराएको कामको प्रसंसा गर्दै उनले समाजसेवा र परोपकारले समाजलाइृ जोडेको बताए । राजनिति , धर्म र जातले समाजमा द्धन्द्ध सिर्जना गरेको उदाहरण दिदैं नेता घिमिरेले समाज सेवाले एकता गराएको दावी गरे । ‘ हरेक पक्षले समाजलाई तोड्दिएका छन् । परोपकारी भावले मात्रै हो समाजलाई जोड्ने , ’ उनले भने , ‘ समाज सेवामा केवल परोपकार मात्रै हुन्छ । यसैले समाजलाई एक बनाउँछ । मानवतावादको बाटो जसले हिड्छ उसैले समाज परिवर्तन गर्छ । ’
कार्यक्रममा वागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीले समाजको परिवर्तनमा हरेक समुदाय उत्तिकै जिम्मेवार हुनुपर्ने बतए । विपी कोइरालाले पनि समाजवादको सिद्धान्तबाट देशको परिवर्तनका संभव रहेको कुराको स्मरण गराउँदै राजनितिलाइृ त्यसैमा केन्द्रित गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । नेपाल ट्रेड युनियन काँग्रेस वरिष्ठ उपाध्यक्ष एवं नेपाल टेलिकम वर्कर्स युनियनल पूर्व केन्द्रिय सदस्य राजेन्द्रकुमार श्रेष्ठ , नेपाली काग्रेस चितवनका सदस्य हिरामणी अधिकारी , नेपाल ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा , आदर्श गृहकी संस्थापक मिन खरेलले शुभकामना दिए ।