काठमाडौं । श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ । युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । एसिया कपमा तेस्रो पटक सहभागी भएको नेपालले पहिलो जित निकालेको हो ।
नेपालका लागि सम्झना खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । सम्झना टी-२०आईमा अर्धशतक प्रहार गर्ने पाँचौँ नेपाली खेलाडी बनेकी छन् ।
यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।
एसिया कपमा नेपालको यो पहिलो ऐतिहासिक जित हो । तेस्रो पटक एसिया कपमा सहभागी भएको नेपालले हालसम्म जित निकाल्न सकेको थिए ।